
एकएक पाईलाद्धारा बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
एकएक पाईला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली काठमाडौँले भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
एकसय वटा आइशोलेसन किट, एकसय थान मेडिकल किट सहयोग गरिएको केन्द्रका अशोक पाण्डेले बताए ।
आइशोलेसनमा रहँदा चाहिने स्वास्थ्य सामग्री, संक्रमितको प्रतिरोधात्मक क्षमता बढाउने औषधी, सेनिटाईजर लगायत रहेको छ । दुर्गम ठाउँका कोरोना संक्रमितले औषधी उपचार नपाएर समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको पाण्डेले बताए ।
उक्त सामग्री संस्थाले बिहिवार स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य चौकीले कोरोना संक्रमितको उपचारका लागि एकएक पाईला सामुदायिक स्वास्थ्य केन्द्रले दिएको सामग्री उपलब्ध गराउने स्वास्थ्य चौकी प्रमुख चण्डिका भट्टले बताए । भीमसेन थापा गाउँपालिकामा कोरोना संक्रमण दर बढेको र ग्रामिण भेग भएकाले त्यहाँ सहयोग गरिएको केन्द्रले जनाएको छ । उक्त सहयोग दुई लाख रुपैयाँ भन्दाबढिको छ ।




