
चीन सरकारले उपलब्ध गराएको मध्ये ८ लाख डोज खोप काठमाडौं आइपुग्यो
चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको मध्ये ८ लाख डोज कोरोना भाइरसको खोप नेपाल आइपुगेको छ ।
खोप लिनका लागि हिजो राति चीनको बेइजिङ उडेको नेपाल वायु सेवा निगमको जहाज सो खोप सहित काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
आजै थप १ लाख खोज हिमालयन एअर लायन्सले ल्याउदैछ । कुनमिनबाट काठमाडौं आउदै गरेको हिमालयन एअर लाइन्सले आज साँझ १ लाख र बुधबार बाँकी १ लाख ल्याएपछि चीनले अनुदानमा दिने १० डोज नेपाल भित्रिनेछ ।
नेपालमा कोरोना महामारी फैलिएको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले सिधैंं चिनिया राष्ट्रपतिसँग कुराकानी गरेर खोप सहयोग मागकी थिइन् ।ADVERTISEMENT



त्यसैको जवाफमा चीनले १० लाख खोप अनुदान दिएको हो ।
अर्को छिमेकी मुलुक भारतले दिन्छु भनेको खोप पनि नदिदाँ पहिलो डोज खोप लगाएका लाखौं ६५ बर्ष माथिका बृद्ध अन्यौलमा परेका छन् ।
यद्यपि राष्ट्रपतिले भारतीय समकक्षीलाई पनि पत्र लेखेर खोप उपलब्ध गराइदिन आग्रह गरिसकेकी छन् ।




