| सोमवार, कार्तिक २३, २०८३

कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री जुट्दै

गोरखा नगरपालिका वडा नम्बर २ को कोखेआहाले शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामग्री सहयोग जुटेको छ ।

नेपाल रेडक्रस सोसाईटी ताप्ले उपशाखाद्धारा १० थान कम्बल, सिताराम झोला कारखानाका सन्दिप बयलकोटी मार्फत पाँच थान पिपिई, भुबनबहादुर सुनारबाट नौ हजार पाँच सय एक नगद सहयोग जुटेको वडा अध्यक्ष रहमतुल्ला मियाँले बताए ।

यस्तै हाल जापानमा रहेका स्थानीय रामबहादुर बानियाँले उहाँको आमा साबित्री बानियाँ मार्फत २० हजार, नबराज भण्डारीबाट २० सेट पिपिई, तीन थान अक्सिमिटर, गोरखा कोखे समाज काठमाण्डौँको समन्वयमा उपाध्यक्ष रामचन्द्र आले मार्फत हाल अमेरिका रहेका कुमार आले मार्फत मास्क, सेनिटाईजर, ग्लोब्स, थर्मल गन, फेससिल सहयोग प्राप्त भएको शहरी स्वास्थ्य केन्द्रले जनाएको छ ।

यस्तै अर्घौता पौवा मिलन चौतारीका प्रतिनिधि बुद्धीप्रसाद श्रेष्ठ मार्फत इसिजी मेसिन एक थान र सुब्बा श्रेष्ठबाट सर्जिकल मास्क पाँच प्याकेट सहयोग आएको वडा अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्