| सोमवार, कार्तिक २३, २०८३

गोर्खाली ख्रीस्टिय समुदायका ८ वटा चर्चद्धारा स्वास्थ्य सामग्री सहयोग

नगरपालिका–१२ स्थित तारानगर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । गोरखा नगरपालिका ११, १२ र पालुङटार नगरपालिका–९ मा रहेका विभिन्न चर्चहरुले संयुक्त रुपमा अक्सिमिटर, थर्ममिटर, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।


सोमवार एक कार्यक्रमका विच स्वास्थ्य चौकीलाई पल्स अक्सिमिटर ५० थान, थर्ममिटर ३६ थान, सेनिटाईजर २२ थान वितरण गरिएको गोर्खाली ख्रीस्टिय समुदायका अध्यक्ष यम बहादुर तामाङले वताए । कोरोना संक्रमितको उपचार तथा संक्रमण न्यूनिकरणमा सहयोग पु¥याउने उदेश्यले ५८ हजार रकम वराबरको स्वास्थ्य सामग्री वितरण गरिएको उनले जानाकारी दिए ।


उक्त सहयोग गर्नेहरुमा हिमालयन अनुग्रह चर्च, गोर्खाली नबजागृती चर्च, शान्ति चर्च, जीवन चर्च, बिनय चर्च, सिर्दी चर्च, कोइनोनिया चर्च, शक्ति चर्चले उक्त सहयोग गरेका हुन् ।

कोरोना रोकथाम र न्यूनिकरणमा मद्धत पु¥याउने उद्देश्यले सहयोग गरिएको गोर्खाली ख्रीस्टिय समुदायका अध्यक्ष तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्