
आरुघाटमा भेटिएको सालकको उद्धार
आरुघाट गाउँपालिका–९ बाट सालकको उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला वन कार्यालयको संयुक्त टोलिले सालकको उद्धार गरेको हो ।
आरुघाटको पुल नजिक भेटिएको सालकको उद्धार गरि सोमबार गोरखा नगरपालिका–८ को वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।





