
तनहुँमा निषेधाज्ञा उलंघन गर्ने ९८ जनालाई जरिवाना, एक सय ६० सवारी कारवाहीमा
तनहुँमा बैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अटेरी गरी सवारी चलाउने एक सय ६० जनालाई प्रहरीले दुई घण्टा सडकमै होल्ड गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमल्सिनाले बताए ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा नगरी हिँडेका ९८ जनालाई भने एक सय रुपैयाँ जरिवाना गरिएको उनले बताए ।
कोरोना भाईरसको बढ्दो जोखिम न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा उलंघन गर्नेहरुलाई बिहिवार र शुक्रवार कारवाही गरिएको डिएसपी तिमल्सिनाले बताए ।




