
गोरखाका दुई सय ९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी
गोरखाबाट स्वाब संकलन भएका मध्ये दुई सय ९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बुधवार एक सय ५१ जनाको रिपोर्ट प्राप्त हुँदा ५० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यी बाहेक थपिएकाहरु जिल्ला बाहिर पिसिआर जाँच गराएकाहरु थिए ।
अहिले सम्म गोरखामा नौ सय ८७ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।




