
युवा समिति गोरखाद्धारा १० हजार थान मास्क र सेनिटाईजर बितरण
युवा समिति गोरखाले १० हजार थान मास्क र पाँच सय ५० थान सेनिटाईजर बितरण गरेको छ । कोरोनाबाट प्रभावित क्षेत्र र अग्रपंत्तिमा खटिने सुरक्षाकर्मी, र सामाजिक संघ संस्थालाई उक्त सामग्री बितरण गरिएको युवा समितिका अध्यक्ष राजन गुरुङले बताए ।
कोरोनाबाट अति प्रभावित गोरखाको भिमसेन थापा गाउँपालिका ७ मा पाँच हजार थान मास्क र दुई सय थान सेनिटाईजर बितरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयलाई दुई हजार थान मास्क र एक सय ५० थान सेनिटाईजर प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।
बाँकी सामग्री ट्राफिक प्रहरी, इलाका प्रहरी कार्यालय आरुघाट, दुर्गम क्षेत्र जनजागृती युवा क्लव आर्खेत, आर्खेत युथ सोसाईटी, आरुघाट युवा क्लव, र मंगलटार युवा क्लवलाई बितरण गरिएको थियो ।
समितिका अध्यक्ष राजन गुरुङ सहितको टोलीले कोभिड १९ को संक्रमणबाट बच्न, बचाउन प्रभावित क्षेत्रमै पुगेर उक्त सामग्री सहयोग गरेको हो ।





