| आइतवार, कार्तिक २२, २०८३

चार वर्ष यता गोरखामा औलो रोगका बिरामी छैनन्

दरौदी : लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगका बिरामी चार वर्ष यता गोरखामा देखिएका छैनन् । २०७४÷७५ मा दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म नभेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल निरीक्षक रामरिजन यादबले बताए ।
विश्व औलो दिबस २०७८ को अवसर पारेर स्वास्थ्य कार्यालय गोरखाले आईतवार कार्यक्रम गरेको थियो ।

‘सुन्य औलोको लक्ष्यामा पुग्दैछौँ’ भन्ने नाराका साथ यस वर्ष औलो दिबस मनाइएको हो ।
गोरखामा मात्र नभएर छिमेकी जिल्ला तनहुँमा पनि औलोका बिरामी छैनन् । गण्डकी प्रदेशमा २३ जना अन्यत्रबाट आएकाहरुमा औलो देखिएको राष्टिूय तथ्याङ्कले देखाउँछन् ।
यो रोग ‘एनोफिलिज’ नामको लामखुट्टेको टोकाईबाट लाग्ने गर्छ । गर्भवती महिला र बालवालिकालाई यो रोगको खतरा धेरै हुने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए ।

लमखुट्टे नियन्त्रण गर्नु, पानी जम्ने खाल्डाखुल्डी पुर्नु, झुलको प्रयोग गरेर लामखुट्टे नियन्त्रण गर्न सकिन्छ ।
सन् २०२२ सम्म नेपालले औलो रोग निवारण गर्ने योजना बनाएको छ । लगातार तीन वर्ष अर्थात २०२५ सम्म औलोका बिरामी भेटिएनन् भने नेपाल औलो रोग उन्मुलन देसको सुचीमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्