
आँबुखैरेनीमा ७० जनाको औलो जाँच
दरौँदी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले विश्व औलो दिबसको अवसर पारेर आईतवार ७० जनाको जाँच गरेको छ । नेपालका तराईमुल र भारतबाट आएर आँबुखैरेनी क्षेत्रमा काम गर्दै आएकाहरुको औलो जाँच गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए ।
७० जनाको जाँच गर्दा कसैमा पनि औलो नदेखिएको उनले बताए ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, स्वास्थ्य शाखा प्रमुख उपाध्याय, लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त औलो जाँच कार्यक्रम लायन्स क्लव अफ आँबुखैरेनी सिटीको समन्वयमा भएको थियो ।




