
लायन्स क्लव अफ आँबुखैरेनी सिटीको अध्यक्षमा ऋषि केसी चयन
लायन्स क्लव अफ आँबुखैरेनी सिटीको वर्ष २०२१/२२ कालागि अध्यक्षमा ऋषि केसी चयन भएका छन् । शनिवार भएको चौँथो साधारण सभा एवं अधिवेशनले प्रथम उपाध्यक्षमा देबबहादुर श्रेष्ठ, द्धितिय उपाध्यक्षमा अगमराज उपाध्यायलाई चयन गरेको हो ।
अन्य पदाधिकारी भने अध्यक्षले मनोनित गर्नेछन् । आगामी कार्यकाल अध्यक्षका लागि चयन भएका केसी आँबुखैरेनी क्याम्पसका प्रमुख समेत हुन् । नयाँ चयन भएको समितिले जुलाई १ देखि कार्यभार सुरु गर्नेछ ।
लायन्स क्लवका वर्तमान अध्यक्ष शिब खनालको अध्यक्षमा शनिवार भएको कार्यक्रममा चार्टर प्रेसिडेन्ट रत्नकुमार श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । निर्वाचन समिति संयोजक एवं निर्वतमान अध्यक्ष प्रेमकुमार श्रेष्ठले उक्त अबसरमा धारणा राखेका थिए ।
सोही अवसरमा ब्लड क्यान्सरबाट पिडित शहिदलखन गाउँपालिका वडा नम्बर ३ का ११ वर्षिय दिप्सन गुरुङको उपचारका लागि नौ हजार नगद सहयोग गरिएको अध्यक्ष शिब खनालले बताए । सो रकम लायन्स सदस्यहरुले संकलन गरेर पिडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।




