भच्चेकमा जारी आँखा शिविरमा ६५ जनाको शल्यक्रिया
भच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बभच्चेकमा जारी आँखा उपचार शिविरमा दोस्रोदिन बुधबारसम्म ६५ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ । मंगलबार ३१ जनाको र बुधबार ३४ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको आयोजक संस्था वौद्ध हिमाल पर्यटन विकास समितिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
आँखाको उपचार भने दुई दिनमा गरी सातसय एकजनाको गरिएको गुरुङले जानकारी दिए । ‘हामीले यसअघि सबै वडाहरुमा आँखाका रोगीहरुको पहिचान(स्क्रिनिङ) गरिएको थियो । त्यहाँबाट पहिचान भएका बिरामीहरुको शिविरमा उपचार तथा शल्यक्रिया गरिएको हो’, गुरुङले भने ।
उनका अनुसार यसअघि गत चैत १४ गते घ्याच्चोक स्वास्थ्यचौकीमा स्क्रिनिङ शिविर भएको थियो । त्यस्तै १५ गते सिम्जुङ स्वास्थ्यचौकीमा र १६ गते खरिबोट स्वास्थ्यचौकीमा स्क्रिनिङ शिविर सम्पन्न भएको थियो ।
आयोजकले आँखा उपचार शिविरमा आउनेहरुलाई निशुल्क रुपमा खाने तथा सुत्ने बस्ने व्यवस्था समेत गरिरहेको छ ।
अजीरकोट गाउँपालिका
र वौद्ध हिमाल पर्यटन विकास समितिको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एशोसिएशन फ्रान्स, टूेक इथिक एड्भेञ्चर प्रालिले आर्थिक सहयोग गरेको छ भने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेको छ । शिविरमा आउनेलाई सुत्ने बस्ने व्यवस्था भने नेपाल रेडक्रसले गरेको थियो ।
अजीरकोट गाउँपालिकाका अध्यक्ष फणिन्द्र धितालको अध्यक्षतामा सञ्चालन भएको शिविरको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडी, विशेष अतिथि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका कार्यकारी निर्देशक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर कमलबहादुर खड्का, वौद्ध हिमाल पर्यटन विकास समितिका अध्यक्ष, मुटु फाउण्डेशनका अध्यक्ष तथा टे«क इथिक एड्भेञ्चर प्रालिका प्रमुख धनबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सो शिविरमा सिरानचोक गाउँपाललिका वडा नं. ८ का ९४ बर्षका सुकबहादुर गुरुङको आँखाको पनि सफल शल्यक्रिया गरिएको छ ।
ुधबारसम्म ६५ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको छ । मंगलबार ३१ जनाको र बुधबार ३४ जनाको मोतियाविन्दूको शल्यक्रिया गरिएको आयोजक संस्था वौद्ध हिमाल पर्यटन विकास समितिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।
आँखाको उपचार भने दुई दिनमा गरी सातसय एकजनाको गरिएको गुरुङले जानकारी दिए । ‘हामीले यसअघि सबै वडाहरुमा आँखाका रोगीहरुको पहिचान(स्क्रिनिङ) गरिएको थियो । त्यहाँबाट पहिचान भएका बिरामीहरुको शिविरमा उपचार तथा शल्यक्रिया गरिएको हो’, गुरुङले भने ।
उनका अनुसार यसअघि गत चैत १४ गते घ्याच्चोक स्वास्थ्यचौकीमा स्क्रिनिङ शिविर भएको थियो । त्यस्तै १५ गते सिम्जुङ स्वास्थ्यचौकीमा र १६ गते खरिबोट स्वास्थ्यचौकीमा स्क्रिनिङ शिविर सम्पन्न भएको थियो ।
आयोजकले आँखा उपचार शिविरमा आउनेहरुलाई निशुल्क रुपमा खाने तथा सुत्ने बस्ने व्यवस्था समेत गरिरहेको छ ।
अजीरकोट गाउँपालिका र वौद्ध हिमाल पर्यटन विकास समितिको आयोजनामा शिविर सञ्चालन भएको हो ।
शिविरमा मुटु फाउण्डेशन नेपाल, मनोज एशोसिएशन फ्रान्स, टूेक इथिक एड्भेञ्चर प्रालिले आर्थिक सहयोग गरेको छ भने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले प्राविधिक सहयोग गरेको छ । शिविरमा आउनेलाई सुत्ने बस्ने व्यवस्था भने नेपाल रेडक्रसले गरेको थियो ।