| आइतवार, कार्तिक २२, २०८३

ब्यवशायीलाई धम्की दिने पक्राउ

ब्यवशायीलाई पटक–पटक धम्क्याउने, त्रास देखाएर बिभिन्न सामग्रीहरु माग्ने भिमसेन थापा गाउँपालिका ३ का २० वर्षिय अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा ब्रुअरी प्रालीका सेल्स अफिसरको रुपमा काम गर्दै आएका निर्मल खनाल र गोरखा नगरपालिका १४ का अशोक खत्रीलाई दाहालले धम्काएको प्रहरीले जनाएको छ ।


माग गरेको सामग्री नदिएमा ज्यान मार्ने धम्की दिएपछि ब्यवशायीले प्रहरीमा उजुरी गरेका थिए । धम्की दिने युवकलाई सोमवार पक्राउ गरी मंगलवार सार्वजनिक हित बिरुद्धको कसुरमा मुद्धा दर्ता गरि जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद लिएर अनुसन्धान गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्