
कालिमाटी टोलको साधारण सभा सम्पन्न
गोरखा नगरपालिका वडा नम्बर ६ स्थित कालिमाटी टोल बिकास संस्थाको साधारण सभा सम्पन्न भएको छ ।
शनिवार सम्पन्न भएको साधारण सभाले टोल क्षेत्रको फुटपाथ ब्यवस्थापन, भित्रि सडकको नाला निर्माण, निरन्तर सरसफाई जस्ता कामलाई अघि बढाउने निर्णय गरेको छ । सभाले उक्त काम गर्न नगरपालिकालाई अनुरोध गर्ने कोषाध्यक्ष दिपक शाहीले बताए ।
टोल बिकास संस्थाका अध्यक्ष ऋषिराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति बिनाकुमारी श्रेष्ठ, वडा अध्यक्ष नारायणबाबु अर्याल, शहिदलखन गाउँपालिका ८ का अध्यक्ष काशिनाथ अम्गाई, महादेववारी टोल बिकास संस्थाका अध्यक्ष खडानन्द रेग्मी, प्रमुख सल्लाहकार भरतकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष शिशुबाबु प्रधान, महिला संयोजक सबिता प्रधानले मन्तब्य राखेका थिए ।
साधारण सभामा सचिव माधव थापा र कोषाध्यक्ष दिपक शाहीले प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने सवु श्रेष्ठ र प्रकृती बिकलाई साधारण सभाको अवसरमा सम्मान पनि गरिएको थियो ।




