| आइतवार, कार्तिक २२, २०८३

जेष्ठ नागरिकलाई वडामै परिचय पत्र बाँढ्दै आँबुखैरेनी गाँउपालिका

आँबुखैरेनी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई वडामै पुगेर परिचय पत्र वितरण गर्ने भएको छ ।
चैत ८ गतेदेखि १२ गते सम्म सबै वडाको कार्यलयमा विहान ११ बजेदेखी दिउँसो १ बजेसम्म परिचय पत्र बितरण गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए ।


उक्त गाउँपालिकाले वडा नं. १ सत्रसयमा चैत ८ गते, वडा नं २, ३ आँबुखैरेनी मा चैत ९ गते, वडा नं ४ बेनिटारमा चैत १० गते, वडा नं. ५ बरालुङमा चैत ११ गते र वडा नं. ६ हिलेखर्क मा चैत १२ गते परिचय पत्र बितरण गर्न लागेको हो ।


परिचय पत्र लिनका लागी नागरिकताको प्रमाण पत्र साथमा ल्याउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्