
लायन्स क्लव अफ आँबुखैरेनी सिटीद्धारा बुङ्कोटमा दन्त शिविर
लायन्स क्लव अफ आँबुखैरेनी सिटीको आयोजनामा एक दिने निशुल्क दन्त शिविर शहिदलखन गाउँपालिका ७ बुङकोटमा भएको छ । शनिवार भएको शिविरमा ८३ जना महिला र २१ जना पुरुषले सेवा लिएका छन् ।
दाँतको चेकजाँच र औषधी शिविरमा निशुल्क बितरण गरिएको थियो । लायन्स क्लव अफ आँबुखैरेनी सिटीको आयोजना र ओम बिराज डेण्टल केयर गोरखाको प्राविधिक सहयोगमा बुङ्कोट स्वास्थ्य चौकीमा शिविर भएको हो ।
लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति शहिदलखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, वडा अध्यक्ष शरण श्रेष्ठ, कासिनाथ अम्गाई, लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बि वान् का क्षेत्रिय डाईरेक्टर सुरेन्द्रकुमार श्रेष्ठ लगायतले उद्घाटनका क्रममा धारणा राखेका थिए ।
डाक्टर ओसिन थापा, ओम बिराज डेण्टल केयर गोरखाका सञ्जय अधिकारी लगायत पाँच जनाको प्राविधिक टोलीले शिविरमा चेकजाँच सेवा दिएका थिए ।





