| सोमवार, कार्तिक २३, २०८३

आगलागीबाट लाप्राकमा घर जल्यो

गोरखाको धार्चे गाउँपालिका ४ लाप्राक स्थित रामबहादुर गुरुङको घरमा शुक्रवार दिउँसो आगलागी भएको छ ।

पिँडीमा राखेको भुसबाट सल्किएको आगोले घर पूर्ण रुपमा ध्वस्त भएको छिमेकी तुलबहादुर गुरुङले बताए । घरमा कोही नभएको बेला आगो लागेकाले घरभित्रको सामग्री निकाल्न नभ्याएको उनले बताए ।
आगलागीबाट भाँडाकुँडा, ओढ्ने, ओछ्याउने सबै खरानी भएको छ । लामो प्रयासपछि स्थानीयले आगो निभाउन सफल भएका थिए ।

वरपर बाक्लो बस्ती रहेकाले आगलागी हुँदा अन्य घरमा पनि जोखिम बढेपछि मकै छर्न गएकाहरु सबै आगो निभाउन भेला भएका स्थानीयले तुलबहादुर गुरुङले बताए । के कति क्षती भयो भन्ने बारे प्रहरी मुचुल्का उठाउँदै गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्