| सोमवार, कार्तिक २३, २०८३

छेवा एकता समाजको १९ औँ साधारण सभा सम्पन्न


क्षेत्री र बाहुनहरुको संगठन छेवा एकता समाजको १९ औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गोरखा नगरपालिका वडा नं. ५ को चारधारेमा साधारण सभा सम्पन्न भएको हो ।


समाजका अध्यक्ष इश्वरी लामिछानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिव गोविन्दप्रसाद खनालले बार्षिक प्रगति प्रतिवेदन र सहसचिव अंगतबाबु खड्काले बार्षिक आय तथा व्याय विवरण पेश गरेका थिए ।

कार्यक्रममा अध्यक्ष लामिछाने, उपाध्यक्ष रामशरण आचार्य, कमलप्रसाद लामिछाने, नीलकण्ठ पौडेललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


सोही कार्यक्रममा सीता कुमारी खड्का तथा परिबारले स्वर्गीय पिता नरबहादुर खड्का र माता खड्गकुमारी खड्काको स्मृतिमा रु ३० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्