
लाप्राकका विद्यार्थीलाई गाउँपालिकाद्वारा नौमति बाजा उपाहार
धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविलाई लोपोन्मुख नौमती बाजा हस्तान्तरण गरिएको छ । संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत गाउँपालिका कार्यालयले सो विद्यालयलाई नौमति बाजा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । विद्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष गुरुङले विद्यालयलाई बाजा हस्तान्तरण गरेका थिए ।
‘मणिकामदेवी माविमा पर्यटन विषयमा पढाइ हुन्छ । त्यसैले संस्कृति संरक्षण गर्न तथा पर्यटन विकासका लागि सो विद्यालयलाई लोकबाजा प्रदान गरिएको हो’, अध्यक्ष गुरुङले भने, ‘सो बाजा बजाउनका लागि बारपाक सुलीकोट ३ स्वाँरा गाउँबाट प्रशिक्षक बोलाएर विद्यार्थीहरुलाई प्रशिक्षण दिने योजना बनाएका छौँ ।’
विद्यार्थीले सो बाजा बजाएर पर्यटकको स्वागत गर्ने योजना रहेको उनले बताए । साथै मकैबिहे, चण्डीपूणर्िमा तथा अन्य चाडपर्वमा पनि नौमति बाजा बजाउने हेतुले लोकबाजा खरिद गरी प्रशिक्षण दिन लागिएको उनले बताए ।




