
कपन गुम्बाद्वारा चुमनुब्री ४ मा राहत वितरण
काठमाडौँको कपन गुम्बाले गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ का बासिन्दालाई राहत सामग्री वितरण गरेको छ ।
साविक प्रोक गाविस अन्तर्गतका २०८ घरधुरीका बासिन्दा तथा प्रहरी र स्वास्थ्यचौकीका कर्मीचारीलाई चामल, तेल, नून, मसला लगायतका खाद्यान्न सहयोग सामग्री वितरण गरिएको वडाअध्यक्ष पेमाडुण्डुप लामाले जानकारी दिए ।
प्रत्येक घरलाई एकबोरा चामल, तीनकिलो नून, तेल, मसलाका दरले वितरण गरिएको हो । नाम्रुङ, क्वाक, छाक र गपका बासिन्दालाई गपमा र प्रोक गाउँका बासिन्दालाई प्रोकमा नै राहत सामग्री वितरण गरिएको उनले बताए ।




