
अवैध ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
लुदी खोलामा ढुङ्गा लोड गर्दै गरेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा खोलाबाट ढुङ्गा झिक्दै गर्दा ग१ त ५९१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
यस्तै प्रहरीले सवारी नियम उलंघन गर्ने एउटा ट्याक्टर र जेसिभी पनि नियन्त्रणमा लिएको जनाएको छ ।
खोलाबाट ढुङ्गा निकाल्ने ट्याकटरलाई कारवाहीका लागि नगरपालिका पठाउने र अन्यलाई जरिवाना गरिने प्रहरीले जनाएको छ ।




