| आइतवार, कार्तिक २२, २०८३

तान्द्राङकोटसिद्ध मन्दिरको सिलान्यास


दरौंदी समाचारदाता


भीमसेनथापा गाउँपालिका २ को तान्द्राङमा कोटसिद्ध मन्दिरको सिलान्यास गरिएको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित उक्त मन्दिरको बिहिवार एक कार्यक्रमका बिच वडा अध्यक्ष नारायण भट्टराईले सिलान्यास गरेका हुन् ।


पुरातत्व बिभागको करिब २२ लाख लागतमा निर्माण हुन लागेको उक्त मन्दिर चैतसम्म निर्माण सक्ने लक्ष्य रहेको गोल्डेन कि बिल्डर्स कि संचालक सम्झना बस्नेतले बताईन् । पूजा समितिका संयोजक पिताम्बर लामिछानेको अध्यक्षतामा भएको सिलान्यास कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।


भूकम्पमा क्षति पुगेको मन्दिर पुन निर्माण हुने भएपछि स्थानीय खुसी छन् । उक्त मन्दिर राजा राम शाहका ज्योतिषी दुल्लभले स्थापना गरेको किम्बदन्ती छ । त्यहाँ पुजापाठ गर्ने, बली चढाउने गर्दा मनले चाहेको पूरा हुने, दुःख पिर हट्ने धार्मिक विश्वास रहेको वडा अध्यक्ष भट्टराईले बताए । बिजया दशमीको अष्टमी र चैते दशैँको बेला उक्त मन्दिरमा विषेश पुजाआजा चल्छ ।

प्रतिक्रिया दिनुहोस्