
सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवशायी संघ गठन
गोरखा चेम्बर अफ कमर्स अन्र्तगतको सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवशायी संघ गठन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ लगायत पदाधिकारीको उपस्थितीमा शनिवार एक कार्यक्रमका बिच उक्त समिति गठन भएको हो ।
सुस्मिता घलेको अध्यक्षतामा गठित सौन्दर्यकर्मी तथा कस्मेटिक ब्यवशायी संघको उपाध्यक्ष सावित्री थापा मगर, सचिव आसकुमारी गुरुङ, कोषाध्यक्ष सरिता आले, सदस्यहरु सञ्जु गरुङ, सबिना घले, मना काराखेती, प्रतिक्षा गुरुङ र पार्वती झेँडी मगर रहेका छन् । सौन्दर्यकला ब्यवशायीले हक हित र सुरक्षाका लागि संगठित भएको बताएका छन् ।




