
कासिन्थोकमा टोल बिकास संस्था गठन
भिमसेन थापा गाउँपालिका वडा नम्वर ५ वगुवाको कसिन्थोकमा टोल बिकास संस्थाको नयाँ कार्यसमिति गठन भएको छ ।
बिहीवार भएको स्थानीयको भेलाले कुविर पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा परशुराम भट्ट, सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा शोभा पौडेल चयन भएका छन् ।
सदस्यहरुमा साधुराम भट्ट, दिपक भट्ट, बिष्णु प्रसाद भट्ट, सिता भट्ट, कोपिला भट्ट, पदम बहादुर भट्ट र कृष्ण भट्ट रहेका छन् । भेलामा वडा नम्वर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठ, वडा सदस्य ज्ञानु ढकाल लगायतको उपस्थिती रहेको थियो ।




