| सोमवार, कार्तिक २३, २०८३

भुतपूव विद्यार्थीद्वारा रामशाह माविलाई ग्याँस सिलिण्डर सहयोग

आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयलाई एक जना भुतपूर्व विद्यार्थीले सिलिण्डर ग्याँस सहयोग गरेका छन् । तनहुँको आँबुखैरेनीका टेक बरामुले बिहिवार विद्यालयमा पुगेर दुईवटा ग्याँस सिलिण्डर सहयोग गरेका हुन् ।


विद्यालयमा पढ्ने कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने गरिन्छ । जंक फुडप्रति निरुत्साहित गर्न विद्यालयमा नै खाजा बनाएर खुवाउने गरिएको छ । ‘विद्यार्थीलाई खाजा बनाउन ग्याँसको आवश्यकता थियो, उहाँले सहयोग गरेपछि अब सजिलो हुने भयो’ प्रधानाध्यापक प्रेमराज लामिछानेले भने । आफु पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको आँबुखैरेनी स्थित बिनय चर्चका पाष्टर समेत रहेका भुतपूर्व विद्यार्थी बरामुले बताए ।

प्रतिक्रिया दिनुहोस्