| सोमवार, कार्तिक २३, २०८३

४१ जनाद्वारा रक्तदान

नेपाली कांग्रेस खेलकुद बिभागको आयोजनामा बिहिवार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा ४१ जना युवाहरुले रक्तदान गरेका छन् । ४५ औँ विपी कोईराला राष्ट्रिय एकता तथा मेलमिलाप दिबशको अवसरमा रेडक्रस गोरखाको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
खेलकुद बिभागका सदस्य एवं कार्यक्रमका संयोजक सिपी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति कांग्रेस केन्द्रिय सदस्य एवं खेलकुद बिभागका प्रमुख मोहनबहादुर बस्नेत लगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

कार्यक्रमको अवसर पारेर पुर्व मन्त्री समेत रहेका नेता बस्नेतले एक हजार तथा केएन नाईन्टी फाईभ मास्क तरुण दल गोरखालाई हस्तान्तरण गरेका थिए । रक्तदानमा संकलन भएको रगत रक्तसंचार केन्द्र भरतपुर पठाइएको कार्यक्रमका संयोजक सिपी पोखरेलले बताए । साथै बिहिवार नै मानव सेवा आश्रम गोरखामा रहेका ३९ जना बालवालिकालाई फलफुल समेत बितरण उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्