
चार दाजुभाइले गाउँपालिकाको भवन निर्माण गर्न जग्गादान
धार्चे गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्न स्थानीय चार जनाले माछाखोलामा जग्गादान गरेका छन् । धार्चे गाउँपालिका वडा नं. ५ माछाखोला निवासी चन्द्रमान गृुरुङ, जीतबहादुर गुरुङ, तिलबहादुर गुरुङ र लालप्रसाद गुरुङले एकरोपनी चारआना जग्गादान गरेका गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनीहरु एकै खलकका चार जनादाजुभाइले गाउँपालिकाको नाममा जग्गा पास गरेर लालपूर्जा हस्तान्तरण गरेका अध्यक्ष गुरुङले जानकारी दिए । उनीहरुलाई आइतबारको हिउँदे गाउँसभामा दोसल्ला ओढाएर सम्मान गरिने अध्यक्ष गुरुङले बताए ।




