| सोमवार, कार्तिक २३, २०८३

धार्चे गाउँपालिकाद्वारा मेलमिलापकर्ताका लागि तालिम

धार्चे गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि बिहिवारदेखि तीन दिने तालिम सुरु भएको छ । सात वटै वडाका मेलमिलाप कर्ताहरुका लागि पुनर्ताजगी तालिम सुरु भएको गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङले बताईन् ।


तालिममा हरेक वडाका २२ जना मेलमिलापकर्ता सहभागी छन् । उपाध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिश रमेशकान्त अधिकारी, गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, न्यायिक समितिका सदस्य राज गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा सहभागीहरुलाई मेलमिलाप कसरी गर्ने, न्यायिक छलफल कसरी गर्ने गराउने भन्ने बारेमा प्रशिक्षक हरिप्रसाद पण्डितले प्रशिक्षण गराउनेछन् ।

यसअघि पनि धार्चे गाउँपालिकाले न्यायिक समितिका सदस्यहरुलाई पहिलो चरणमा तालिम प्रदान गरिसकेको थियो । ‘पहिलेका अभ्यास र कानुनी विषयका बारेमा जानकारी दिन तालिम दिएका हौँ’ उपाध्यक्ष गुरुङले भनिन् ।

प्रतिक्रिया दिनुहोस्