| सोमवार, कार्तिक २३, २०८३

सिडेनद्वारा उमेद्ववारहरुको नामावली सार्वजनीक

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंस निकट शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटीक ईन्जिनियर्स नेपाल (सिडेन) को पुस ४ गते छैटौं कार्य समितिको लागि हुन गईरहेको निर्वाचनका लागि उम्मेद्वारहरुको प्रारम्भिक नामवली सार्वजनिक भएको छ।

जस अनुसार अध्यक्ष पदका लागि ई. उमेश प्रसाद थानी र ई. धुब्र थापाको उमेद्वारी परेको छ। पाटी सभापती देउवा निकट रहेका ई. उमेश प्रसाद थानी प्यानलबाट गोरखा जिल्ला सिरानचोक गा.पा. ७ स्थाई घर भई लामो समय ईन्जिनियरिङ्ग क्षेत्रमा काम गरेका ई. प्रियस ढकालले केन्द्रिय सदस्य पदको उमेद्वारी दिएका छन्।

ई. ढकाल ईन्जिनियरिङ्ग क्षेत्रका चर्चित तथा प्रभावशालि व्यक्तिक्वको रुपमा चिनिन्छन्। लामो समय सरकारी तथा गैर सरकारी क्षेत्रमा काम गरेका ई. ढकाल ईन्जिनियरहरुको पेशागत हकहित तथा सुरक्षाको निम्ति उमेद्वारि दिएको बताउछन्।

विद्यार्थि जिवन देखि राजनितिमा होमिएका ढकाल काठमाण्डौं ईन्जिनियरिङ्ग कलेजका ईकाइ सचिब थिय भने सिडेन गोरखा कमिटीका प्रमुख सल्लाहकार पनि हुन। १८ सदस्यिय कमिटिमा १३ केन्द्रिय सदस्य हुन पाउने नियम छ।

१३ केन्दिय सदस्यको लागि २९ जनाको उमेद्वारी परेको छ। नेपाली काङ्ग्रेस भातृ तथा शुभेच्छक संस्थाहरुको लामि समय देखि अधिबेशन नभैरहेको अवस्थाम हुन लागेको ईन्जिनियर्सहरुको चुनावलाई चासोको साथ हेरिएको छ।

सिडेन कार्य समितिबाट ६ जना ईन्जिनियर्सहरु नेपाली काङ्ग्रेसको महाधिबेशन प्रतिनिधि जान पाउने छन्।

प्रतिक्रिया दिनुहोस्