| सोमवार, कार्तिक २३, २०८३

सांसद खड्काद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

सद चुणामणी खड्काले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । शुक्रवार अस्पतालमा आयोजित एक कार्यक्रमका बिच उनले पिपिई सेट, सेनिटाईजर, मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको अस्पतालले जनाएको छ ।


उनले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई उक्त सामग्री प्रदान गरेका हुन् । कोभिड १९ का बिच स्वास्थ्यकर्मीले जोखिमका साथ सर्वसाधारणको उपचार सेवामा खटिनुपरेकाले उनीहरुको सुरक्षाका लागि अस्पताललाई सामग्री दिएको सांसद खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्