| सोमवार, कार्तिक २३, २०८३

७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा अस्त्र बिरुद्ध प्रदर्शन

बिहिवार ७२ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाको आयोजना मा सदरमुकामको हरमटारी चोक मा आणविक अस्त्र बिरोधी प्रर्दशन भएको थियो । ‘आणाविक अस्त्र रहेसम्म यो प्यारो धर्तीमा कोही सुरक्षित छैन’ भन्ने नारा सहित शान्ति समाज आवद्ध एवं अन्य अधिकारकर्मीले ब्यानर, प्लेकार्ड सहित बिरोध जनाएका थिए ।

आणाविक हतियार निषेध सन्धि तत्काल अनुमोदन गर्नुपर्ने, अमेरिका, रुस, चीन, फ्रान्स, भारत, चीन लगायतले आणाविक अस्त्र नष्ट गर्नुपर्ने जस्ता आवाज अधिकारकर्मीले उठाएका थिए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका स्थानेश्वर दुवाडी, जिल्ला अध्यक्ष विश्वनाथ वाग्ले लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्