आफै बोल्ने, आफै सुन्ने कार्यक्रम गरेर महिला हिँसा रोकिदैन
अहिले महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी छ । सो अवसरमा सरकारी तथा गैरसकारी संस्थाहरुले विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।
गोरखाका पनि पालिकाहरु, सामाजिक संघसंस्थाहरुले हिंसाविरुद्धका कार्यक्रम गरिरहेका छन् ।
बिहिबार सदरमुकाममा आयोजित महिला हिंसाविरुद्धको एक कार्यक्रमका पालुङ्टार नगरपालिकाकी उपमेयर पम्फा बसेलले आफ्ना कुराहरु राख्दै भनिन्, ‘हिंसा त पुरुषमाथि पनि हुन्छ । तर पुरुषहरु जति पीडा भएपनि अभिव्यक्त गर्दैनन् । सहनै नसक्ने भए आत्महत्या गर्छन तरपनि महिलाले आफूमाथि गरेको हिंसा अभिव्यक्त गर्दैनन् । जुन घातक छ ।
यसमा असाध्यै दमिन यथार्थ छ ।
पहिले पुरुषले महिलामाथि हिंसा गर्थे । अहिले हिँसाको रुपमा बिभिन्न रुपान्तर भएको छ । कतै महिलाले महिलामाथि गर्ने हिँसा व्यप्त छ, कतै महिलाले पुरुषमाथि गर्ने हिंसा छ । तर सबैखाले हिंसा स्वीकार्य छैनन् । सबै खाले हिंसाको अन्त्य हुनुपर्छ । हिंसा विरोधी आवाज उठिरहँदा सबै खाले हिंसाको बिरोधमा आवाज उठाउनु पर्छ । सबैखाले हिँसाको अन्त्य गर्ने चेतना जागृत गर्नुपर्छ ।
पहिले महिलामाथि मात्र हिँसा हुन्थ्यो । हिंसा गर्नेमा महिलाको स्थान थिएन । तर अहिले हिंसा गर्नेमा पनि महिलाको नाम आएको छ । यो महिला जगतले स्वीकार गर्नुपर्छ ।
छिटपुट पुरुष पनि शिकार बनेका होलान् । तर अधिकत्तम घटना पुरुषले महिलामाथि गरेको हिंसाको छ । अधिकत्तम घटना महिला हिँसाको शिकार बनेको छ ।
तसर्थ महिला हिँसाको अन्त्यका लागि के गाउँ, के शहर के बाल, के युवा, के वृद्ध सबैमा चेतना फैलाउनु पर्छ । बर्षेनी आफै बोल्ने, आफै सुन्ने कार्यक्रम गरेर मात्र महिला हिंसा अन्त्य हुदैन ।




