
गोरखा अस्पताल घटनाबारे छानबीनका लागि समिति गठन
दरौँदी ः शनिबार गोरखा अस्पतालमा भएको विवाद र त्यसपछि सिर्जना भएको समस्या समाधान गर्न समिति गठन भएको छ । आइतबार गोरखा अस्पताल विकास समितिको बैठक बसी समितिका सदस्य भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, मानव अधिकारीवादी संघसंस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि र नेपाल बार एशोसिएशन गोरखाका प्रतिनिधि रहेका छन् ।
समितिले अस्पताल पक्ष तथा सुत्केरी पक्षबाट भएको भनिएको दुव्र्यबहार बारे अध्ययन गरी स्वतन्त्र रुपमा प्रतिवेदन तयार गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।
सोमबारभित्र सबै सदस्यहरुलाई समितिमा रहेको बारे जानकारी गराई बैठक आव्हान गरिने श्रेष्ठले बताए ।




