| सोमवार, कार्तिक २३, २०८३

तिनधारे खानेपानीद्वारा संस्थापक अध्यक्ष श्रेष्ठको श्रद्धान्जली सभा आयोजना

तिनधारे खानेपानी तथा सरसफाई उभोक्ता समितिका संस्थापक अध्यक्ष भरतबाबु श्रेष्ठको निधन भएको १३ औँ दिनको तीथि पारेर मंगलवार श्रद्धान्जली सभा गरिएको छ ।

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रेम नारायण देवकुमारी प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम अर्यालले स्वर्गिय भरतबाबु श्रेष्ठको समाज प्रतिको योगदानको चर्चा गरेका थिए ।

जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठले उनको इतिहास, धर्म संस्कृती प्रतिको योगदानको बारेमा बताएका थिए । वडा नम्बर ६ का अध्यक्ष नारायणबाबु अर्याल, खानेपानी उपभोक्ता समितिका पूर्व प्रमुख सल्हाकार विश्वदेव श्रेष्ठले अहिले सम्म समितिलाई गरेको सहयोग र योगदानको चर्चा गरेका समितिका सचिव जनक अधिकारीले जानकारी दिए ।

गोरखा नगरपालिका छ स्थायी घर भएका श्रेष्ठ सामाजिक ब्यक्ति थिए । सामाजिक अभियानका थुप्रै काममा उनको उल्लेखनिय योगदान रहेको श्रद्धान्जली सभामा सहभागीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्