
प्रसुती र सुरक्षित गर्भपतन संम्बन्धित अन्तक्रिया
गोरखा नगरपालिकाको आयोजना र आईपास नेपालको सहयोगमा प्रसुती र सुरक्षित गर्भपतन सम्ंबन्धि अन्तिक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गोरखा नगरपालिकाको कार्यालयमा शुक्रवार भएको अन्तरक्रिया कार्यक्रममा गोरखा नगरपालिका भित्रका महिला सदस्यहरु सहभागी थिए ।
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको तेस्रो दिन पारेर शुक्रवार उक्त कार्यक्रम गरिएको गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन । उपप्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममको सहजिकरण आइपास नेपालका कार्यक्रम संयोजक थमकुमारी कुँवरले गरेकी थिईन । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लक्ष्मी थापाले पनि धारणा राखेकी थिईन ।
जनप्रतिनिधिहरुलाई जानकारी दिँदा गाउँघरमा महिलाहरुले सहजै थाहा पाउने भएकाले महिला सदस्यहरुलाई सहभागी गराएर छलफल गरिएको गोरखा नगरपालिकाकी उपप्रमुख श्रेष्ठले बताईन ।




