| सोमवार, कार्तिक २३, २०८३

आरुघाट युवा संघर्ष समिति र गाउँपालिका बीच छलफल

आरुघाट गाउँपालिकाका युवाहरु सम्मिलित आरुघाट संघर्ष समिति र गाउँपालिका बिच छलफल भएको छ ।

युवा लक्षित बिभिन्न माग लिएर गाउँपालिका पुगेका युवाहरु र गाउँपालिका अध्यक्ष पूणर् दाहाल बीच छलफल भएको संघर्ष समितिका संयोजक भिम सुनारले बताए ।

संघर्ष समितिले युवालाई सहुलियत कर्जाको ब्यवस्था गर्न बैंकसँग समन्वय गरिदिनुपर्ने, कृषि लक्षित चिस्यान केन्द्र निर्माण गर्नुपर्ने, बिकास निर्माणका काममा स्थानीय श्रमिकलाई प्राथमिकता दिनुपर्ने लगायतका माग राखेको छ ।


युवाहरुको मागका बारेमा सकारात्मक प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष दाहालले मंसिर १४ गतेको कार्यपालिकाको बैठकमा थप छलफल र निणर्य गर्ने अश्वासन दिएको संयोजक सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्