
यातायात मजदुर संघको अध्यक्षमा शंकर श्रेष्ठ
नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध नेपाल यातायात मजदुर संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले शंकर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कन्चन कुमार श्रेष्ठ, सचिव कृष्ण कोईराला, सहसचिव राजेन्द्र ढकाल, कोषाध्यक्ष मोहन बोगटी रहेका छन् ।
सदस्यहरुमा रामशरण थापा, मिलन सुनार, हिराकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ रहेका छन् । चार सदस्यीय सल्लाहरुका समिति पनि गठन भएको छ । जसमा मिनबहादुर बानियाँ, डम्बर आचार्य, भरत दानी र प्रभु मल्ल सदस्य रहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले, महासमिति सदस्य राजनराज पन्त, टे«ड युनियन कांग्रेसका जिल्ला अध्यक्ष शरदबाबु श्रेष्ठ, टे«ड युनियन कांग्रेसका सहमहासचिव इश्वर परियार, केन्द्रीय सदस्य नबिन श्रेष्ठ, रामशरण आचार्य लगायतले धारणा राखेका थिए ।




