| सोमवार, कार्तिक २३, २०८३

अजिरकोटमा दुईवटा झोलुङ्गेपुलको उद्घाटन

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर २ मा मंगलवार एक कार्यक्रमका बिच दुईवटा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । लिलि खोला र घट्टे खोलामा पुल निर्माण भएको हो ।
हिमाली क्षेत्र बिकास केन्द्रको प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिले निर्माण गरेको दुबै पुलको गाउँपालिका अध्यक्ष फडिन्द्र धितालले उद्घाटन गरेका हुन् । पुल उद्घाटन गर्दै अध्यक्ष धितालले स्थानीयलाई आउजाउ गर्न निकै सजिलो हुने बताए ।


लिलिखोला पुल ३८ लाख ५८ हजार र घट्टेखोला पुल ४१ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण भएको हिमाली क्षेत्र बिकास केन्द्रका सचिव बिरवल घलेले बताए ।

पुल उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष धिताल, वडा अध्यक्ष भिमलाल तामाङ, हिमाली क्षेत्र बिकास केन्द्रका सचिव बिरवल घले लगायतले धारणा राखेका थिए । हिमाली क्षेत्र बिकास केन्द्रले आर्थिक वर्ष २०७६/७७ मा २५ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको थियो ।
लकडाउनका कारण गत असार मसान्त सम्म १५ वटा मात्र सकिएको र बाँकी १० वटा आउँदो मंसिर भित्र सिध्याउने योजना रहेको सचिव घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्