
पक्राउ परेका १२ जनालाई जुवा मुद्धा
गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट आइतबार राती पक्राउ परेका १२ जना जुवाडेलाई प्रहरीले जुवा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
एक लाख ४६ हजार रुपैयाँ नगदसहित कौडा खेलिरहेका बेला पक्राउ परेका उनीहरुलाई प्रहरीले मुद्धा दर्ता गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।
म्याद थप गरी उनीहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




