| सोमवार, कार्तिक २३, २०८३

एकिकरण नेपाल गोरखाको १२ औँ साधारण सभा सम्पन्न


एकीकरण नेपाल गोरखाको १२ औँ साधारण सभा बुधबार सम्पन्न भएको छ ।


सभामा संस्थाका कार्यकारी निर्देशक हरि देवकोटाले एकीकरण नेपालले बर्षभरि सञ्चालन गरेका काम तथा विविध गतिविधिका बारेमा जानकारी गराएका थिए ।
संस्थाकी सचिव दुर्गा गुरुङले संस्थाको भावी कार्ययोजना र रणनीतिको बारेमा साधारणका सभासदहरुलाई अवगत गराएकी थिइन् ।

सहभागीहरुलाई संस्थाका कोषाध्यक्ष मिलनसिंह बस्नेतले स्वागत गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्णबहादुर कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, अधिवक्ता स्थानेश्वर दुवाडी, उपप्राध्यापक यदु अधिकारी, पद्धति बिकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा संस्थाका कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी, गैरसकारी संघ संस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो । एकिकरण नेपालको कार्यालय सोह«किलोमा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्