| सोमवार, कार्तिक २३, २०८३

शनिबार गोरखामा विद्युत आपूर्तीं बन्द

हंसपुर – खरिबोट क्षेत्रमा आज विद्युत परीक्षण गरिँदै

अजिरकोट गाउँपालिका वडा नम्वर २ को हंसपुर देखि खरिवोट क्षेत्रको पोल, तार, स्टेक ट्रान्सफर्मर जस्ता बिद्युतिय संरचनाहरुलाइ नछुन र नजिक नजान नेपाल बिद्युत प्राधिरकणले आग्रह गरेको छ ।

उक्त क्षेत्रमा निर्माण सम्पन्न हाइटेन्सन लाइनमा भोली शुक्रवार देखि ११ हजार भोल्टेज लाइन प्रवाह वा प्रशारण गरिने हुदाँ सर्तकता अपनाउन नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले सबैलाइ आग्रह गरेको हो ।

यस सूचनालाई अटेर गरी लापरवाहीवश कुनै बिद्युतिय दुर्घटना हुन गएमा प्राधिरकण जवाफदेहि नहुने कार्यालयले जनाएको छ ।

बिद्युत प्रशारणको क्रममा कुनै पनि स्थानमा बिद्युत तार चुढेको, स्पार्क भएको वा कुनै समस्या देखिएमा कार्यालयमा सम्पर्क गर्न पनि सूचना मार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्