| सोमवार, कार्तिक २३, २०८३

सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान


सिर्दिबासको वुद्ध माविलाई हात धुने उपकरण प्रदान गरिएको छ ।

बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग र मट म्याकडोनाल्डको आर्थिक सहयोग र केयर नेपालसंगको साझेदारीमा सञ्चालित पूर्णिमा कोभिड १९ खानेपानी तथा सरसफाइ तथा स्वच्छता प्रतिकार्य कार्यक्रम अन्तर्गत सो विद्यालयलाई हात धुने उपकरण प्रदान गरिएको स्वाँरा सघन गाउँ विकास केन्द्रले जनाएको छ ।


सो उपकरण चुमनुब्री गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष रामकुमार गुरुङको रोहबरमा संस्थाका डिलप्रसाद गुरुङले विद्यालयकी शिक्षिका सितलमाया गुरुङलाई हस्तान्तरण गरिएको सो संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्