| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य सुरक्षाका मापदण्ड उलंघन बढेको भन्दै प्रशासनको ध्यानाकर्षण

पछिल्लो समय सरकारले तोकेको कोभिड १९ नियन्त्रण रोकथाममा स्वास्थ्य सुरक्षा मापदण्ड उलंघन बढेको भन्दै नागरिक समाज गोरखाका अगुवाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

नागरिक साझा सबालको अगुवाईमा मंगलवार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो ।
जिल्लामा छोटो तथा लामो दुरीका सार्वजानिक यातायातका साधनले स्वास्थ्य सुरक्षा नअपनाउदा कोरोना जोखिम झनै बढेको भन्दै प्रजिअ तिर्थराज भट्टराईलाई साझा सबालका संयोजक स्थानेश्व दुवाडीले ज्ञापन पत्र बुझाएका थिए ।


त्यस्तै नागरिक समाजले मापदण्ड पालना हुन नसके पूरानै भाडा दर कायम गराउने ब्यवस्था मिलाउन समेत प्रजिअ भट्टराईसंग माग गरेका छन् ।

सरकारी तथा नीजि विद्यालयले समेत स्वास्थ्य सुरक्षा नअपनाई पठनपाठन सुरु गरेकाले तत्काल अनुगमन गरी मापदण्ड कार्यान्वयन गराउनुपर्ने, सदरमुकाम लगायत जिल्लाभरका अधिकांश बजारहरुमा म्याद सकिएका अखाद्य सामाग्रीहरु बिक्रि वितरण भइरहेको, दशै तिहार लगायतका चाडवाडलाई मौका छोपेर कालोबजारी हुन सक्ने भन्दै तत्काल प्रभावकारी रुपमा तिनवटै सरकार मिलेर बजार अनुगमन गर्न अनुरोध गरेको छ ।


ध्यानाकर्षण पत्र बुझाउन नागरिक साझा सवाल गोरखाका संयोजक दुवाडी सहित प्याब्सनका जिल्ला अध्यक्ष सीताराम तिवारी, गैसस महासंघ गोरखाका सचिव हरि देवकोटा, सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँ लगायतको टोली जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्