| सोमवार, कार्तिक २३, २०८३

विपद् ब्यवस्थापन समितिद्वारा बारपाक सुलिकोटका १२ घरधुरीलाई राहत


बारपाक सुलिकोट गाउँपालिकाका१२ घरधुरीलाई जिल्ला बिपद् ब्यवस्थापन समितिले राहत बितरण गरेको छ । वडा नम्बर ५, ६, ७ र ८ का पहिरो पिडितहरुलाई शनिवार रकम हस्तान्तरण गरिएको हो ।


समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले केही समय अघिको वर्षातपछि पहिरोले घर क्षती पुगेकाहरुलाई जनही १५ हजारका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।


उक्त कार्यत्रम जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोक कुमार गुरुङ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, लगायतको उपस्थिती रहेको थियो ।


।


प्रतिक्रिया दिनुहोस्