| सोमवार, कार्तिक २३, २०८३

गोरखामा पाँचजना जेष्ठ नागरिकलाई सम्मान

३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा पाँचजना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक संघ गोरखाले बिहिवार गोरखा सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी ९२ वर्षीय मुक्तिनाथ अर्याल, ८७ वर्षीय हिरण्यदेवी आचार्य, ८६ वर्षीय कृष्णबहादुर मग्राती, ८४ वर्षीय रुद्रबहादु खड्का र ८२ वर्षीय कमल कुमारी श्रेष्ठलाई सम्मान गरेको जेष्ठ नागरिक संघका जिल्ला सचिव बोधप्रसाद अधिकारीले बताए ।

दोसल्ला ओढाएर उनीहरुलाई सम्मान गरिएको हो ।
संघका जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, जेष्ठ नागरिक संघका उपाध्यक्ष दिलबहादुर बस्नेत लगायतले धारणा राखेका थिए ।

गत वर्षहरुमा धेरै संख्यामा जेष्ठ नागरिकलाई भेला गरेर सम्मान गर्दै आएको संघले कोभिड १९ को प्रभावका कारण धेरै जना जेष्ठ नागरिकलाई भेला गर्न नसकेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्