| शनिबार, जेष्ठ ४, २०८२

प्रहरी नियन्त्रणबाटै फरार

मोदीको विरोध गर्ने दुई जना पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोध गर्ने दुई जना काठमाडाैंको चाबहिलबाट पक्राउ परेका छन्। उनीहरु मोदीको विरोधमा पर्चा पम्पलेट बाँढ्दै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोदीको भ्रमणलाई मध्यनजर गर्दै काठमाडौंको सुरक्षा व्यवस्था चुस्त पारिएको छ। प्रधानमन्त्री मोदीको सवारी स्थल, बस्ने होटल र भ्रमणका बेला प्रयोग हुने सडकमा बिहीबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्