
आज बिहानैदेखि मुग्लिन-नारायणगढ सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
केही दिन यताको निरन्तरको वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ।




