| मङ्लबार, जेष्ठ ११, २०८३

बागलुङमा कोरोना रोकथाम : कन्ट्रयाक ट्रेसिङ नहुने, आइसोलेसन स्वेच्छिक

 जिल्लाको ढोरपाटन नगरपालिकाले कोरोना संक्रमणलाई गम्भीर समस्याको रुपमा नलिने नीति अख्तियार गर्न थालेको छ । बाढी पहिरोले क्षतविक्षत तुल्याएको ढोरपाटनमा समुदायस्तरमा सोमबार मात्र १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यसअघि संक्रमित भएका सबैलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखे पनि अब घर या अस्पताल बस्ने विकल्प स्वेच्छिक बनाइएको छ । संक्रमित भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ समेत नगरिने नगरपालिकाले जनाएको छ ।

जसअनुसार संक्रमित मध्ये ७ जना मात्र कोभिड १९ अस्थायी अस्पतालको आइसोलेसनमा छन् । अन्य ७ जना घरमै बसेका छन् । संक्रमितसँगै रहेका बाहेक अरुको कन्ट्याक्ट ट्रेसिङ नगरिने ढोरपाटन नगर स्वास्थ्य शाखाका प्रमुख घनाश्याम शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्