| मङ्लबार, साउन ११, २०८३

गोरखाका प्रजिअद्वारा मानवसेवा आश्रम र बालमन्दिरमा खाद्यान्न सहयोग

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मानव सेवा आश्रम गोरखा र बाल मन्दिर माध्यामिक विद्यालयमा आबासिय बस्दै आएका अनाथ बालवालिकालाई खाद्यान्न सहयोग गरेका छन् ।

सोमवार बाल दिबसको अवसर पारेर चामल, तेल, दाल बिस्कुट लगायत १५हजार रुपैयाँ बरावरको खाद्यन्न सहयोग गरेको प्रजिअ भट्टराईले बताए । अनाथ बालवालिकाहरुलाई केही सहयोग मिलोस् भन्ने धेयले खाद्यान्न बितरण गरिएको उनले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्ला प्रशासन कार्यालयका लेखापाल तुलसी खनाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्