
गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ११ पुगेको छ । सोमबार विभिन्न जिल्लामा ३९ संक्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा १७ जना संक्रमित थपिएका छन् । यसैगरी तनहुँमा ११, गोरखामा ९ र बागलुङमा दुई जना छन् ।
संक्रमितमध्ये कास्कीमा ७ जना नेपाल प्रहरीका छन् । यसैगरी कास्कीमा संक्रमितमा ३ जना भारत, एक जना जापानबाट आएका र एक स्वास्थ्यकर्मी छन् । बागलुङको बडीगाड गाउँपालिकाका दुई जना विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।




